नेपालले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दै
काठमाडाैं | साउन १०, २०८०
तस्बिर फाइल
काठमाडौं: एसिया कपको तयारीमा रहेको नेपालले आज श्रीलंकामा पहिलो अभ्यास खेल खेल्दैछ।
नेपाली क्रिकेट टोलीले श्रीलंकाको स्थानीय टोली ब्लूमफिल्ड क्रिकेट एण्ड एथ्लेटिक क्लबसँग अभ्यास खेल खेल्न लागेको नेपाल क्रिकेट संघ ९क्यान० ले जनाएको छ ।
नेपाल र स्थानीय क्लबबीच आजको खेल बिहान १० बजे ब्लूमफिल्डमा शुरु हुनेछ ।
ब्लूमफिल्ड टोलीमा श्रीलंकाबाट खेलिसकेका खेलाडी पनि छन् । नेपालले श्रीलंकामा चार अभ्यास खेल खेल्नेछ ।
नेपालले एक महिनापछि श्रीलंका र पाकिस्तानमा एसिया कप खेल्नेछ । नेपाल र पाकिस्तानबीचको खेल भदौं १३ मा मुल्तानमा हुनेछ ।
त्यसपछि भारतसँग हुने खेलका लागि नेपाल श्रीलंका जानेछ । नेपाल र भारतबीचको खेल भदौं १८ मा हुनेछ ।
समूह ए मा नेपाल, भारत र पाकिस्तान छन् । समूह बी मा बंगलादेश, श्रीलंका र अफगानिस्तान छन् ।
हरेक समूहका शीर्ष दुई टोली सुपर फोरमा पुग्नेछन् । सुपर फोरपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
पोखरा । गण्डकी स्पोर्टस् क्लबको आयोजनामा सम्पन्न पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि न्यूरोड एफसीले जितेको छ । पोखरा महानगरपालिका ५ मालेपाटन...
पोखरा २९ भण्डारढिकमा जारी ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ अन्तरगत शनिबारसेभेन ए साइड फुटबल प्रतियोगितातर्फ ७ खेल सम्पन्न भएका छन् । क्लबका अध्यक्ष विष्णुु पुन...
पोखरा। गण्डकी स्पोर्टस् क्लबको आयोजनामा मालेपाटनमा जारी पहिलो संस्करणको ३५ प्लस भेट्रान्स सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधिका लागि न्यूरोड एफसी र एनके एफसी भिड्ने भएका छन् । &n...

